PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्रीको फोटो जोडेर फेसबुकमा जथाभावी लेख्ने दुई जना पक्राउ



पहिलोपोस्ट

प्रधानमन्त्रीको फोटो जोडेर फेसबुकमा जथाभावी लेख्ने दुई जना पक्राउ

काठमाडौं: प्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर जथाभावी लेख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले खोटाङ ऐसेलुखर्क १ घर भई बुढानिलकण्ठ चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती ५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई बिहीवार भिन्दा भिन्दै स्थानबाट पक्राउ गरेको हो।

नाछिरिङले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर फेसबुकमा फोटो जोडेर मान मर्दनमा आँच आउनेगरी स्टाटस लेखेका थिए।

काभ्रेका श्रेष्ठले पनि प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउनेगरी नै लेखेका थिए। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही हुने साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell