PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लकडाउन उल्लंघन गरेर सवारी चलाउने बढे : एकैदिन ४ सय सवारी नियन्त्रणमा



पहिलोपोस्ट

लकडाउन उल्लंघन गरेर सवारी चलाउने बढे : एकैदिन ४ सय सवारी नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गरि सवारी चलाउनेको संख्या ह्वात्तै बढेको छ। विहीबार मात्र सवारी धनिसहित ४ सय ३५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

प्रहरीले ४ सय ९ वटा दुई पाङ्ग्रे र २६ वटा चारपाङग्रे गरी ४ सय ३५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो। पछिल्लो समय लकडाउन उल्लंघन गरेर सवारी चलाउनेको संख्या बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले बताए।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको हो। त्यसैले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको सवारीलाई दिनभर प्रहरी नियन्त्रणमा राखेर सम्बन्धित सवारी धनीलाई दिने गर्दछ।

प्रहरीले अत्यावश्यक परेको खण्डमा प्रहरीलाई खवर गरेर मात्र सवारी चलाउन अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell