PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना भाइरस : अमेरिकामा एक दिनमा एक लाख परीक्षण भइरहेको ट्रम्पको दावी



पहिलोपोस्ट

कोरोना भाइरस : अमेरिकामा एक दिनमा एक लाख परीक्षण भइरहेको ट्रम्पको दावी
Getty Images

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण हुने दावी गरे। उनले विहीबारको प्रेस ब्रिफिङमा प्रशासनले प्रत्येक दिन परीक्षणको संख्या थप गर्न कोसिस गरिरहेको बताए।

उनले अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले यस भाइरस पुनरावृत्ति हुनबाट रोक्ने उपचारको खोजी गरेको जानकारी समेत दिए। ट्रम्पका अनुसार उक्त उपचारको चाँडै 'क्लिनिकल ट्रायल' हुँदैछ।

त्यहाँ कोरोना भाइरस संक्रमणकै कारण मृत्यु हुनेको संख्‍या बढ्दो छ। बिहीवारसम्ममा त्यहाँ बाह्र हजार सात सय ४० जनाको संक्रमणकै कारण निधन भइसकेको छ। जसमध्य अठार सय ९५ नयाँ केस भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस अवस्थामा ट्रम्प सँगसँगै चिकित्सक, सुरक्षाकर्मी लगायतले सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेका छन्। आग्रहको सकारात्मक प्रभाव परेको दावी गरिन् डाक्टर एन्थनी फाउचीले। उनी ह्वाइट हाउसकी कोरोना भाइरस टास्क फोर्सकी चिकित्सक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell