PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनमा सडकमा निस्किएका १३ सय मानिस प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

लकडाउनमा सडकमा निस्किएका १३ सय मानिस प्रहरी नियन्त्रणमा

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आज बिहान ८ बजेसम्म २ सय ६७ महिलासहित १  हजार ३ सय ६५ जनालाई नियन्त्रणमा लिएको हो। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा सडका होल्ड गरेर कोरोनाको बारेमा शिक्षा दिएर छाडिदिने गरिन्छ।

लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका छन्। त्यस्तै प्रहरीले ६१ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell