PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म 'बुलबुल' सबै हिसाबले उत्कृष्ट रहेछ : बाबुराम भट्टराई



पहिलोपोस्ट

फिल्म 'बुलबुल' सबै हिसाबले उत्कृष्ट रहेछ : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई माइक्रो ब्लगिङ साइट ट्वीटरमा निकै सक्रिय छन्। झन् कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उनी झनै फूर्सदिला देखिएका छन्। राजनीतिक, सचेतनामूलकदेखि मनोरञ्जनात्मक विषयमा लेख्ने गरेका छन्।

विहीबार राती उनले फिल्म 'बुलबुल' हेरे र त्यसबारे आफ्नो प्रतिक्रिया समेत जनाए।

लकडाउनको बेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा सम्भावित मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या टाढा राख्न फिल्म हेरेको जनाएका छन्।

लेखेका छन्,'लकडाउनकै मेसोमा आज नेपाली फिल्म ‘बुलबुल‘ सपरिवार हेरियो। सबै हिसाबले उत्कृष्ट रहेछ है।' 

उक्त फिल्म फोपी नामक एपमा उपलब्ध छ।

बुलबुलले नेपालका दुई राष्ट्रिय अवार्ड पाएको छ। राष्ट्रिय अवार्डमा अभिनेत्री र निर्देशन विधामा पुरस्कार जितेको फिल्मबाट स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन्।

त्यस्तै फ्रान्समा आयोजित साउथ एसियन फिल्म फेस्टिबलमा पनि पब्लिक च्वाइस अवार्ड जितेको छ।

फिल्मलाई बिनोद पौडेलले निर्देशन गरेका हुन्। स्वस्तिमा खड्का केन्द्रिय पात्र हुन्। उनले टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छिन्। अन्य कलाकारहरु मुकुन भुसाल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell