PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज एकै दिन तीन नाटक



पहिलोपोस्ट

क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज एकै दिन तीन नाटक

काठमाडौं : ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा शुक्रबार (आज) तीन नाटकका भिडियो प्रसारण हुँदैछन्।  

दिउँसो १ बजे डेनमार्कका ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार सु सुनको कथामा आधारित, चे शंकर निर्देशित ‘म्याड म्यान्स डायरी’को भिडियो देखाइने छ। 

‘म्याड म्यान्स डायरी’मा सुदाम सिकेको एकल अभियन रहेको छ। नाटक यसअघि कुञ्ज थिएटरमा मञ्चन भएको थियो।

साँझ ५ बजे भने नाटक ‘भोको घर’को भिडियो देखाइनेछ। गोविन्द बहादुर मल्ल ‘गोठाले’को नाटक ‘भोको घर’लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्।

नाटकमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली, अभय बरालको अभिनय छ।

लकडाउनका कारण घरमै रहेका दर्शकलाई नाटकघरसँग जोड्न सुरु गरिएको यस भर्चुअल नाट्य महोत्सव शनिबारसम्म जारी रहनेछ।

आइतबार भने अन्तर्क्रियात्मक कार्यक्रम रहेको आयोजकले जनाएको छ। 'सिर्जनशील कार्यक्रम जारी राख्छौं,' निर्देशक केदार श्रेष्ठले बताए।

संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो।

नाटकको भिडियो थिएटर मलको अफिसियल पेज फेसबुकमा स्ट्रिमिङ गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell