PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोभिड-१९ को उपचारका लागि बनेको वुहान अस्पतालको जनरल वार्ड बन्द, आइसियुमा १५ विरामीको उपचार हुँदै



पहिलोपोस्ट

कोभिड-१९ को उपचारका लागि बनेको वुहान अस्पतालको जनरल वार्ड बन्द, आइसियुमा १५ विरामीको उपचार हुँदै

कोभिड-१९ को आउटब्रेक इपिसेन्टर हुवेइ प्रान्तको वुहानमा १० दिनमा तयार भएको अस्पताल बिहीवारदेखि बन्द भएको छ। कोभिड-१९ का संक्रमितहरुको उपचारका लागि तयार भएको लइसनसान (थन्डरगड माउन्टेन)अस्पतालको जनरल वार्ड बन्द गरेको छ।

आधिकारिक रुपमा अस्पतालले सेवा बन्दको तयारी भइरहेको सिन्ह्वाले जनाएको छ। हाल अस्पतालमा कोभिड-१९ का १५ जना विरामी अस्पतालको आइसियु वार्डमा उपचाररत छन्।

स्वास्थ्यकर्मीहरुले अस्पतालको जनरल वार्डलाई सिल गरेका छन्। विहीवार सिल गर्नु अगाडि वार्डलाई डिसइन्फेक्ट गरिएको छ।

अस्पताललाई चिनियाँ जनमुक्ति सेनाले सञ्चालन गर्दै आएको थियो। देशका विभिन्न अस्पतालबाट सैनिक स्वास्थ्यकर्मी त्यहाँ पुगेका थिए। चीनमा कोभिड-१९ संक्रमण नियन्त्रणतर्फ गएपछि अस्पतालमा विरामीको चापमा कमी आएको छ।

नयाँ विरामी आउन छाडेपछि अस्पतालको जनरल वार्ड बन्द भएको हो।

वुहान ७६ दिनपछि पूर्ववत अवस्थामा फर्किसकेको छ। बुधवारदेखि यहाँको विमानस्थल रेलमार्ग सञ्चालनमा आइसकेका छन्।

कोभिड-१९ को उपचारका लागि वुहानमा दुई वटा अस्थायी अस्पताल बनेका थिए। लेइससान र होउससान अस्पताल। त्यस्तै रंगशालाहरुलाई पनि अस्पतालमा परिणत गरिएको थियो। यस्ता अस्पताल बन्न भइसकेका छन्।

फेब्रुअरी ८ बाट सञ्चालनमा आएको लेइससान अस्पतालको जनरल वार्ड तीन महिनापछि बन्द भएको हो। आइसियुमा रहेका विरामीहरुको डिस्चार्ज पछि अस्पताल पूर्ण रुपमा बन्द हुने छ। यसअघि २००३ मा सार्स आउटब्रेक हुँदा बेइजिङमा पनि यस्तै अस्पताल बनेको थियो।

सार्स रोग नियन्त्रणमा आएपछि अस्पताल बन्द भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell