PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता, सीमाका नागरिकको हेरचाह गर्न आग्रह



पहिलोपोस्ट

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता, सीमाका नागरिकको हेरचाह गर्न आग्रह
फाइल फोटो

काठमाडौँः लकडाउनको अवधिमा सीमामा रोकिएका नागरिकको हेरचाहको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन्। ओलीले शुक्रबार बिहान मोदीसँग कुरा गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्।

सम्वादमा सीमामा रहेका नागरिकलाई हेरचाह गर्ने र आपूर्ति व्यवस्ता सहज र सुचार बनाउने विषयमा कुरा भएको छ।

यता भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्बाद भएको जानकारी गराउँदै कोभिड-१९ को अहिलेको अवस्थाका विषयमा छलफल भएको जनाएका छन्।

उनले नेपालले कोभिड-१९ विरुद्ध नेपाली जनताको दृढतालाई कदर गरेका छन्। कोभिड-१९ विरुद्धको साझा लडाइमा ऐक्यवद्धता जारी भएको जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell