PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

फिल्म ‘कोरोना : फियर इज द भाइरस’ तयार, निर्देशक भन्छन् 'माहामारी बन्ला भन्ने सोचेको थिइनँ'



पहिलोपोस्ट

फिल्म ‘कोरोना : फियर इज द भाइरस’ तयार, निर्देशक भन्छन् 'माहामारी बन्ला भन्ने सोचेको थिइनँ'

कोरना भाइरसको कहरका कारण विश्व लगभग ठप्प छ। चीनको वुहानबाट फैलिन सुरु भएको भाइरसको संक्रमण अहिले युरोप हुँदै अमेरिका पुगेको छ।  चीनमा भने भाइरसको प्रभाव कम भइसकेको छ।

शताब्दीपछि विश्वलाई नै ठप्प बनाएको भाइरसका कारण चीनलाई हेर्ने दृष्टिकोण बड्लिएको छ अधिकांश समाजमा। कतै चिनियाँ देखि हाले मानिस आतिन थाल्छन्। लकडाउन सुरु हुनु अघि काठमाडौंको ठमेल बजारमा यस्तै घटना घटे। केही दिन अघि मात्रै अस्ट्रेलियामा एक चिनियाँ ड्राइभरलाई एक महिलाले ‘भाइरस ल्याएको’ बताएपछि ड्राइभरले प्रहरीलाई फोन गर्नुपरेको थियो। विश्वका केही राष्ट्रमा कोरोना भन्दा डर ठूलो भाइरसको रुपमा देखिएको छ।

यही विषय वस्तुलाई आधार बनाएर मोस्ताफा केशभारीले ‘कोरोना :  फियर इज द भाइरस’ नामक फिल्म बनाएका छन्

एउटा लिफ्टमा ७ जना विभिन्न समुदायका मानिसहरु हुन्छन्। लिफ्टमा पहेंलो ज्याकेट लगाएकी एक चिनियाँ महिला पनि हुन्छिन्। जब उनी खोक्न थाल्छिन् तब लिफ्ट भित्रको अवस्था असामान्य बन्छ। लिफ्टको बत्ती निभ्छ। सबैजना कराउन थाल्छन्। फिल्ममा डरले मानिसलाई कतिको हिंस्रक बनाउन सकिन्छ भनेर प्रस्तुत गरिएको छ। 

सस्पेन्स ड्रामा जनरामा निमिर्त फिल्मको कथा एउटै लिफ्टमा आधारित छ। ६३ मिनेटको फिल्म‘ सिन्गल टेक’ मा छायाँकन गरिएको हो।

गत मार्चमा नै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। फिल्मको सुटिङ भने फेब्रुअरी १४ मा सकिएको थियो। त्यो बेला चीन भाइरसबाट सबै भन्दा आक्रान्त थियो। मोस्ताफा केशभरीले त्यही बेला फैलिँदै गएको महामारीलाई आधार बनाएर चलचित्र निर्माण र लेखन गरे।

केशभरी भन्छन्,’जनवरीमा यो भाइरसको बारेमा थाहा पाएपछि चलचित्र बनाउन थालें। मैले सोचेको थिइँन कि यो भाइरसले यत्रो महामारी निम्त्याउँछ। यो भाइरसको भन्दा हामीमा भएको डरको बारेमा छ। यसले हामीले एकताबद्ध बनाउँछ।’

हाल भाइरसको संक्रमणका कारण फिल्म क्षेत्र धरायसी छ। यस्तो अवस्थामा फिल्म छिट्टै प्रदर्शन हुने निर्देशकको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell