PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

'पलेँटी'को नयाँ श्रृङ्खला सार्वजनिक, युट्युबमा गुञ्जदै डाक्टर सुमन थापा



पहिलोपोस्ट

'पलेँटी'को नयाँ श्रृङ्खला सार्वजनिक, युट्युबमा गुञ्जदै डाक्टर सुमन थापा

काठमाडौं :  सांगीतिक कार्यक्रम 'पलेँटी'को नयाँ श्रृङ्खला सार्वजनिक भएको छ। संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जना स्वर दिएका गायक डाक्टर सुमन थापाको प्रस्तुतिको पहिलो भाग युट्युबमा राखिएको हो।  

गीतहरू सँगै क्रमशः गायकको सांगीतिक र पेशागत अनुभव समेत सुन्न, हेर्न सकिने छ। उनी गत अक्टोबरमा नेपालयको आरशालामा प्रस्तुत भएका थिए।
शृङ्खलाको आरम्भमा सुमनकै संगीत रहेका दुई गीत छन्। जसमा भने  गीतकार रत्न शमशेर थापाको रचना रहेको छ।

‘गीत गाएर पलेँटीको मञ्चमा गाउन पुग्छु भन्ने कुरा त मैले सोचेकै थिइँन। यो मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो', सुमनले भने,'पेशाका कारण व्यस्त मलाई प्यासनको लागि यस्तो समय जुर्दा खुशी लागेको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell