PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकको नगद तथा खाद्यान्न सहयोग



पी बी खड्का

कर्णाली प्रदेशका ६ स्थानीय तहलाई प्रभु बैंकको नगद तथा खाद्यान्न सहयोग

सर्खेत : प्रभु बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयले प्रदेशका ६ वटा स्थानीय तहलाई झण्डै ५ लाख बराबरको नगद तथा खाद्य सामग्री हस्तान्तरण गरेको छ।

बैंकले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको सेफोक्सुण्डो गाउँपालिका तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सहितलाई पाँच लाख नगदसहित खाद्यान्न हस्तान्तरण गरिएको हो। दैलेखको गुराँस गाउँपालिका र नारायण नगरपालिकालाई भने आवश्यक खाद्यन्न हस्तान्तरण गरिएको प्रभु बैंक लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक शरद तिमिल्सिनाले जनाए।

उनले लकडाउनमा अति विपन्न तथा ज्यालादारी काम गरी खाने वर्गलाई स्थानीय तहमार्फत आवश्यक खाद्यान्न उपलब्ध गराउन सहयोग गरिएको बताए। प्रभु बैंक लिमिटेडका कर्णाली प्रदेशका प्रबन्धक तिमिल्सिनाले महाविपत्तिमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको महसुस गर्दै संघीय सरकारलाई बैंकका तर्फबाट प्रदेशस्तरमा पनि सक्दो सहयोग जारी राखेको बताए।

यसअघि पनि प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशका विभिन्न विद्यालय तथा सामाजिक कार्यमा सहयोग गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell