PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कालोबजारी गरेको अभियोगमा एक ग्यास विक्रेता पक्राउ



पहिलोपोस्ट

कालोबजारी गरेको अभियोगमा एक ग्यास विक्रेता पक्राउ

पर्वत : खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा प्रहरीले एक ग्यास विक्रेतालाई पक्राउ गरेको छ। बजार मूल्यभन्दा बढीमा एलपी ग्यासको बिक्री गरेको अभियोगमा जलजला गाउँपालिका ३ स्थित दिप्सन मेटल स्टोर्सका सञ्चालक ४० वर्षीय मिनप्रसाद रेग्मीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारण उत्पन्न परिस्थितिमा रेग्मीले मूल्य बढाएर ग्यास बेचेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell