PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई कोरोना संक्रमितको उपचारमा परिचालन गरिने, सेवा निवृत्तलाई स्वेच्छिक रुपमा सहभागी हुन आग्रह



पहिलोपोस्ट

छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई कोरोना संक्रमितको उपचारमा परिचालन गरिने, सेवा निवृत्तलाई स्वेच्छिक रुपमा सहभागी हुन आग्रह

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकलाई कोरोना संक्रमितको उपचार कार्यमा परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले छात्रवृत्तिमा अध्ययनरत चिकित्सकलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए। 

जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले हाल सेवाबाहिर रहेका र सेवाबाट निवृत्त भएकालाई पनि सेवामा समावेश हुन आह्वान गरेको छ। सेवाबाहिर रहेका र निवृत्त भएका स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वेच्छिक रुपमा अभियानमा सामेल हुन मन्त्रालयले आग्रह गरेको हो। 

मन्त्रालयले अध्ययनरत चिकित्सक परिचालन र स्वेच्छिक रुपमा हुने सहभागिताले जनशक्ति व्यवस्थापनामा सहयोग पुग्ने अपेक्षा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell