PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लकडाउनको मौकामा यसरी चम्किँदैछ उपत्यकाका सडक

लकडाउनको मौकामा यसरी चम्किँदैछ उपत्यकाका सडक

अमित मचामसी/पहिलोपोस्ट


कोरोना भाइरस (कोभिड-१९)को जोखिमका कारण नेपाललगायत विश्वका करिब २०० मुलुक प्रभावित छन्। नेपालमा कोभिड-१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण सडकमा आवाजावत ठप्प छ।

सडक खाली भएको मौकामा हालसालै मर्मत गरिएका काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा ‘रोड मार्किङ’को काम जारी छ। कोभिड-१९ विरुद्ध आवश्यक सुरक्षा रणनीति अपनाएर ‘रोड मार्किङ’को लागि मजदुर परिचालन गरिएको छ। खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेका सडक व्यवस्थापनको काम सकिएपछि ‘रोड मार्किङ’को कामलाई निरन्तरता दिइएको हो।

हाल विशेषगरी जेब्राक्रसिङ, एज लेन, सेन्टर लाइन र लेनलाइनको काम जारी छ। नयाँ बनेका सबै सडकमा ‘रोड मार्किङ’को काम सक्ने योजना डिभिजन कार्यालयको छ। मानिसको भिडभाड र सवारीको चाप नभएको अहिलेको अवस्थामा ‘रोड मार्किङ’को काम उपयुक्त पनि देखिन्छ। अरु बेला भने सवारी साधनको चापका कारण रातको समयमा काम गर्नुपर्ने बाध्यता थियो र काम त्यति प्रभावकारी पनि हुदैन थियो।



ट्रेन्डिङ पोस्ट

Ncell