PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोठा भाडामा बस्ने विद्यार्थीलाई राहत दिने कीर्तिपुर नगरपालिकाको तयारी



पहिलोपोस्ट

कोठा भाडामा बस्ने विद्यार्थीलाई राहत दिने कीर्तिपुर नगरपालिकाको तयारी

काठमाडौं : कीर्तिपुर नगरपालिकाले नगरभित्र कोठा भाडामा बस्ने विद्यार्थीको तथ्यांक संकलन गर्न थालेको छ। राहत उपलब्ध गराउनु पहिले तथ्यांक संकलन गर्न थालिएको नगर प्रमुख रमेश महर्जनले बताए।

‘शुरुमा के कति विद्यार्थी छन् थाहा पाउन लगत लिन खोजेका हौं। त्यसपछि राहतको व्यवस्था गर्छौँ, जसलाई आवश्यक छ,’ उनले भने।

नगर प्रमुख महर्जनले विद्यार्थी खाद्यान्न नभएर भोकै बस्न नपरोस भनेर राहत उपलब्ध गराउन थालिएको बताए। नगरपालिकाले वडा कार्यालयमा नागरिकता र विद्यार्थी परिचय पत्र लिएर सम्पर्क गर्न आग्रह गरेको छ। नगरपालिकाको वेब साइटमा पनि फारम भर्न सकिने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लकडाउन जारी भएपछि कीर्तिपुर प्रहरीले किराना पसलअगाडि सामान किन्न गोलो लाइनको व्यवस्था गरेको थियो। नगरपालिकाले बिहान तीन घन्टा मात्र किराना पसल खोल्ने व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell