PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनमा यसरी करोबार गर्दैछन् बैंक, नोटमा पनि छर्किन्छ 'डिसइन्फेक्टेन्ट्'

लकडाउनमा यसरी करोबार गर्दैछन् बैंक, नोटमा पनि छर्किन्छ 'डिसइन्फेक्टेन्ट्'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : देश लकडाउनमा छ। यस्तो बेला बैंकले भने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै कारोबार जारी राखेको छ।

संक्रमण फैलन नदिन बैंकले कस्तो उपाय अपनाइरहेको छ त?

शुक्रवार दिउँसो ठमेलस्थित हिमालयन बैंकको केन्द्रीय कार्यालय पुग्दा यस्तो देखियो। सुरक्षागार्ड हातमा पञ्जा र मुखमा मास्क लगाएर उभिएका।

सेवाग्राहीलाई शुरुमा सुरक्षागार्डले हात स्यानीटाइज गराए। त्यसपछि रजिस्टारमा नाम लेखाउने र अनिमात्र भित्र प्रवेश।

बैंकका क्यासियर हातमा पञ्जा र मुखमा मास्क लगाएर बसेका थिए।

बैंकभित्रका कर्मचारी र सेवाग्राहीको प्रयोगमा आउने कम्प्युटरदेखि कुर्सी र नोटमा डिसइन्फेक्टन्ट स्प्रे गरिने प्रशासन शाखाले जनायो। यी वस्तुमा हरेक दुई दिनमा एक पटक स्प्रे गर्ने बैंकले उल्लेख गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell