
संयुक्त राज्य अमेरिकामा २४ घन्टामा २ हजार भन्दा धेरैले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन्। एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो।
जोन्स हप्किसन्स युनिभर्सिटीका अनुसार पछिल्लो २४ घन्टामा अमेरिकामा २ हजार १ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
#BREAKING The US becomes the first country to record more than 2,000 #coronavirus deaths in one day, with 2,108 fatalities in the past 24 hours, according to the Johns Hopkins University tally pic.twitter.com/QREocIGjVq
— AFP news agency (@AFP) April 11, 2020
यससँगै कोरोनाका कारण अमेरिकामा मर्नेको संख्या १८ हजार ५ सय ८६ पुगेको छ। यही रफ्तारमा कोरोनाले ज्यान लिने हो भने अमेरिकाले इटालीमा मर्नेको संख्यालाई केही घन्टाभित्रै उछिन्ने देखिन्छ। इटालीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनालाई कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
समाचार संस्था एएफपीका अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा ३५ हजार ९८ थप कोभिड १९ का संक्रमित थपिएका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख पुग्नै लागेको छ।