PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

प्रमका सल्लाहकार भट्टराईको मुटुमा समस्या, गरियो एन्जियोप्लास्टी



पहिलोपोस्ट

प्रमका सल्लाहकार भट्टराईको मुटुमा समस्या, गरियो एन्जियोप्लास्टी
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको एन्जियोप्लास्टी गरिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र लगिएको थियो।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उनको अवस्था सामान्य रहेको ट्विट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मुटुमा रगत प्रवाह अवरुद्ध भएपछि एन्जियोप्लास्टी गरिन्छ। रगत प्रवाह खुलाउन स्टेन्टको प्रयोग गरिन्छ। जुन ठाउँमा थुनिएको हो त्यहाँ एक किसिमको जाली राखेर रगत प्रवाहलाई खुलाइने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell