PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टसँग तुलना गर्दै गोकुल बास्कोटाले सोधे : अझ म अनैतिक र भ्रष्ट?



पहिलोपोस्ट

कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टसँग तुलना गर्दै गोकुल बास्कोटाले सोधे : अझ म अनैतिक र भ्रष्ट?

काठमाडौं : पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले आफूलाई पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट र मन्त्री केशरबहादुर विष्टसँग तुलना गरेका छन्।

सिंहदरबारमा आगो लागेपछि कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए भने खेलकूद मन्त्री रहेका केशरबहादुर विष्टले रङ्गशालामा असिना काण्डले मानिस मरेपछि पद त्यागेका थिए।

आज ट्विट गर्दै विष्टले पूर्व मन्त्रीहरुसँग आफ्नो तुलना गरेका हुन्। उनले ट्विट गर्नासाथ उनमाथि आलोचना गर्नेहरु सोझै प्रश्न गर्छन् - ७० करोड!

'एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,' आज ट्विट गर्दै बास्कोटाले लेखेका छन्, 'सिंहदरबार जल्नासाथ कीर्तिनिधि बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन्?'उनले थप प्रश्न गरेका छन् : अझ म अनैतिक र भ्रष्ट?

सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसन काण्डमा मुछिएपछि बास्कोटाले संचार मन्त्री पदबाट राजिनामा दिएका थिए। पार्टीभित्र प्रधानमन्त्री ओलीको पक्षमा सधैं उभिने बास्कोटा अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति भने कटाक्ष गर्न माहिर छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell