PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

'सुपर ३०' प्रदर्शनको तयारी गर्दै चिनियाँ सिनेमा बजार



पहिलोपोस्ट

'सुपर ३०' प्रदर्शनको तयारी गर्दै चिनियाँ सिनेमा बजार

सन् २०१९ को हिट फिल्म हो 'सुपर ३०'। गणित विज्ञ आनन्द कुमारको जीवनीमा आधारित यस फिल्मले बक्स अफिसमा मात्र होइन समीक्षात्मक हिसाबले पनि सफलता पायो।

फिल्म रिलिज भएको केही समयमै सिक्वेल बन्ने समेत घोषणा भएको थियो। साथै फिल्म चीनमा प्रदर्शनको लागि फरक भर्सन निर्माणको तयारीबारे पनि चर्चा थियो।

फेरि एकपटक उक्त फिल्म चीनमा प्रदर्शनको तयारी हुँदैछ। चीनका सिनेमा घरमा पुन: सञ्चालनमा आएसँगै फिल्म प्रदर्शनमा ल्याउने बलिउड हंगामा जनाइएको छ। शुक्रबार एक वेबिनारमा उक्त निर्णय भएको हो।

सुपर ३० निर्माण गरेको रिलायन्स इन्टरटेन्मेन्टका निर्देशक शिवाशीष सरकारले भने,'फिल्म सेन्सरसिपका लागि पठाएका छौँ। चीन सामान्य अवस्थामा फर्कने बित्तिकै सिनेमा घरहरुमा फिल्म लाग्छ।'

चीनमा भारतको विकासशील अवस्था देखाइएका फिल्महरुको रुचाइएको छ। विशेषगरि शिक्षा क्षेत्र बारे बनेका 'थ्री डडियट्स', 'हिन्दी मिडियम', 'हिच्की' आदि। त्यसैले ऋतिक रोशन स्‍टारर सुपर ३० रुचाइने आकलन गरिएको छ।

ऋतिकले सन् २०१७ मा 'काविल'को प्रचार गर्न चीन गएको समय मिडियासँग भनेका थिए : 'मेरो यसपछिको फिल्म 'सुपर ३०' पनि यहाँहरुलाई मनपर्न सक्छ। किनकि चीन र भारत दुवै देशमा शिक्षक/शिक्षिकाको सम्मान हुन्छ।'

विकास बहलले निर्देशन गरेको फिल्ममा मरुनल ठाकुर, पंकज त्रिपाठी, ननदिश सिंहले लगायतको पनि अभिनय रहेको छ।

चीनमा हाल भने सिनेमा घरहरु बन्द छन्। विश्वमा दोस्रो ठूलो सिनेमा बजार रहेको भनिएको चीनमा हाल ७० हजार सिनेमा घर बन्द छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell