PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण, वीर अस्पतालमा शनिबारबाट सुरु 



पहिलोपोस्ट

उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण, वीर अस्पतालमा शनिबारबाट सुरु 

काठमाडौँः उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले वीर अस्पतालमा शनिबारदेखि नमूना परीक्षण सुरु गरिएको जानकारी दिए। 

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण भइरहेको छ। उपचारका लागि तोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि आइतबारदेखि परीक्षण सुरु हुने देवकोटाले बताए। 

दुई अस्पताल थपिएपछि राष्ट्रिय प्रयोगशालासँगै तीन स्थानमा परीक्षण हुनेछ। सरकारले सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल, पाटन अस्पताल तथा कीर्तिपुरस्थित आयुर्वेद उपचार केन्द्रलाई पनि उपचार र परीक्षणस्थल बनाउने प्रक्रिया अघि बढाए पनि सुरु भइसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell