PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनका कारण पुस्तक विमोचन प्रभावित



पहिलोपोस्ट

लकडाउनका कारण पुस्तक विमोचन प्रभावित

काठमाडौं : कोभिड-१९ र लकडाउनका कारण नेपालयको ‘महिला श्रृंखला २०२०’ अन्तर्गत मार्च महिनामा सार्वजनिक हुने तय भएका दुई वटा पुस्तकहरूको विमोचन प्रभावित भएको छ।

नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले कोभिड-१९ ले संसारमा पुर्‍याएको प्रभाव बारे सबै जानकार रहेको भन्दै यसबाट प्रकाशन उद्योग पनि प्रभावित हुनु स्वाभाविक भएको बताइन्।

उनले भनिन्, ‘संसारले ई बुक्सलाई अङ्गाल्न थालेको लामै समय भयो तर नेपालमा भने हामी कागजमा छापिएका प्रतिमै भर पर्दै आएका छौं। आजका मितिसम्म पनि हामी देवनागरी अक्षरका नेपाली किताबहरूलाई ई बुक्सका रुपमा सरल र भरपर्दो मध्यमबाट प्रकाशित गर्न संघर्ष गरि नै रहेका छौं। यस्तो अवस्थामा भर्चुअल माध्यम को महत्व झन् टड्कारै महसुस भएको छ। हामी हाम्रा नेपाली पुस्तकहरू सक्दो चाँडो ई बुकको रुपमा उपलब्ध गराउन प्रयत्नशील छौं।’

सार्वजनिक गर्नका लागि तयार पारिएका दुई पुस्तकहरू नेपाली महिला लेखकहरूको शैलीगत विशेषता र कथाभिव्यक्तिको विविधता समेट्ने प्रयत्न गरिएको छ। यो शृंखलाको पहिलो पुस्तक दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ पहिले नै विमोचन भइसकेको छ।

श्रृंखलाको दोस्रो पुस्तकमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ रहेको छ। एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ। यो कृति महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्छ।

‘नेपालय महिला श्रृंखला २०२०’को तेस्रो पुस्तक डा सुधा शर्माको ‘सिंहदरवारको धुम्ने मेच’ रहेको छ। यस पुस्तकले २००६ को आन्दोलनपछिको समयमा सरकारी सेवामा कार्यरत एउटी महिला सचिवको साहसिक कार्यसम्पादन र चुनौतिहरूको कथा बोकेको छ। तत्कालिन परिवर्तनले नेपाली समाजमा महिलाको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई स्थापित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell