PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ



पहिलोपोस्ट

धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ

कैलालीः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। चैत्र ८ गते दुबईबाट नेपाल आइपुगेका उनलाई चैत्र १४ गते कोरोना संक्रमण देखिएको थियो। 

त्यसपछि उनको दुई पटक परीक्षण भइसकेको छ। शनिबार प्राप्त तेस्रो रिपोर्टमा पनि कोरोना पोजेटिभ नै देखिएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिए। 

सेती अस्पतालमै उपचार गराइरहेका अन्य दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको जोशीले बताए। रिपोर्ट आउन बाँकी रहेका कैलालीका २१ वर्षीय युवक हुन्। 

सेती प्रादेशिक अस्पतालको आाइसोलेसनमा चार जना कोरोना संक्रमित र अन्य तीन जनागरी सातको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell