PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

तरकारी र फलफूल लगायत सामान घरघरमा पुर्‍याउँदै ग्यापु, दश रुपैयाँमै स्यानिटाइजर



पहिलोपोस्ट

तरकारी र फलफूल लगायत सामान घरघरमा पुर्‍याउँदै ग्यापु, दश रुपैयाँमै स्यानिटाइजर

काठमाडौं : ग्यापु अनलाइन सपिङले तरकारी र फलफूलसहितको दैनिक उपभोग्य वस्तुको डेलिभरी सेवा सुरु गरेको छ। उपत्यकाभरी सेवा उपलब्ध हुनेगरी डेलिभरी प्याकेज थालेको संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार इन्डक्सन चुल्हो, तरकारी र फलफूल लगायत सामाग्री थानकोटदेखि बनेपासम्म र बुढानिलकण्ठ देखि भैंसेपाटीसम्मका उपभोक्ताका लागि उपलब्ध गराइने छ।

कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै कर्मचारीले स्यानिटाइजर, पिपिइ, मास्क, पञ्जा लगायत सुरक्षा सामाग्री अनिवार्य प्रयोग गरेका छन्।

ग्राहकले फेसबुक पेजमार्फत् सहज तरिकाले सामान मगाउन सक्ने बताइएको छ। सामान मगाइएको २४ घण्टाभित्र पुग्नेछ। हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गरेकाका लागि नि:शुल्क होम डेलिभरी गरिने समेत बताइएको छ

ग्राहकले सामान इसेवा वा डेबिट/क्रेडिट कार्डमार्फत् भुक्तानी गर्न सक्नेछन्।

ग्यापु डटकमले बजार मूल्य सय रुपैयाँ भन्दा बढी रहेको ६५ एमएलको स्यानिटाइजर दश रुपैयाँमा उपलब्ध गराएको छ। सो मुल्यमा एक जना ग्राहकले एउटा मात्र स्यानिटाइजर खरिद् गर्न सक्नेछन्। लकडाउन अवधिभरका लागि अफर यथावत् रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell