PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

'घर जान गाडी चल्दैन, काम नगरे सरकारले खान दिँदैन'

'घर जान गाडी चल्दैन, काम नगरे सरकारले खान दिँदैन'

अमित मचामसी/पहिलोपोस्ट


लकडाउनका कारण विभिन्न कम्पनी, कलकारखानासँगै इट्टा भट्टा पनि प्रभावित छन्। आजभोलि भक्तपुरका अधिकांश इट्टा भट्टाबाट उड्ने धुँवाको बाक्लो मुस्‍लो देखिँदैन। न त भट्टा वरपरका बस्तीहरुमा कामदारहरुले बोलेको आवाज नै सुनिन्छ।

कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउँदै लागू गरिएको लकडाउनका कारण भट्टा बन्द छन्। काम पनि बन्द। कामदार बिदामा छन्। कुनै भट्टामा भने फाट्टफुट्ट काम भइरहेका छन्। बाँकी रहेका काम सक्काउन। सामान एक ठाउँबाट अर्कोमा सार्ने। चाङ लगाउने।

भक्तपुरकै एक भट्टामा भेटिएका कामदारले भने, 'काम गरेर खानै पर्‍यो। घर जाउँ भने गाडी चलेको छैन। जान दिँदैनन्। काम नगरौँ भने सरकारले खान दिँदैन होला।'

सिपाडोलको एक भट्टामा भने कामदारसहित भटाभट् इट्टा पोल्ने काम भइरहेको थियो। त्यहाँका मजदूर सरकारले शुक्रबार र शनिबार घर जान दिने भन्ने चर्चाका कारण खुसी रहेछन्। तर तत्कालै निर्णय रद्द भएपछि पुनः कामको खोजीमा जुटेका छन्। किनकि उपत्यकामा बस्नका लागि ठाउँ भए पनि खानका लागि खर्च रहेनछ। उनीहरुकै आग्रहमा काम पुनः चालु भयो। सञ्चालकले मास्क, पञ्जा लगायत सुरक्षा सामाग्री चाहिँ उपलब्ध गराएको रहेछ।

भने,'मालिक भन्नुहुन्छ सुरक्षित रहेर मात्र काम गर्नुपर्छ। आफू रहे न काम रहन्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell