PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोरोना प्रभावित २३ हजार मजदूरलाई सलमान खानले पठाए रासन



पहिलोपोस्ट

कोरोना प्रभावित २३ हजार मजदूरलाई सलमान खानले पठाए रासन

कोरोना भाइरस संक्रमणका कारण ठूलो धक्का परेको छ बलिउड उद्योगलाई। फिल्म निर्माण कम्पनीदेखि हल सञ्चालकसम्मको व्यवसाय करिव एक वर्ष पछि धकेलिने बलिउड ट्रेड विश्लेषकहरुको अनुमान छ। यस्तोमा सबैभन्दा बढी मारमा परेका छन् दैनिक जिविकोपार्जन मै समस्या परेका मजदूरहरुलाई जो छायांकनस्थल देखि रेकर्डिङ स्टूडियोहरुमा ज्यालादारी काम गर्छन्।

ती मजदूरको समस्यालाई ध्यानमा राख्दै आर्थिक एवं अन्य सहयोग गर्न सक्रिय देखिएका छन् बलिउड स्टार सलमान खान। उनले नरेन्द्र मोदी सरकारले २१ दिनका लागि लकडाउन घोषणा गरे लगत्तै दैनिक ज्यालादारी गर्नेहरुका लागि विभिन्न प्राविधिक संघ र समितिमार्फत् आवश्यक सहयोग पुर्‍याउने बताएका थिए।

ती संघ तथा समितिको सम्पर्कमा आएका प्रभावित २३ हजार कामदारका लागि सलमानले तीन हजार भारतीय रुपैयाँको दरले सहयोग गर्ने निधो गरे। उक्त रकमले लकडाउन अवधिभर खानका लागि पुग्ने रासन प्याकेज बनाए। 

अप्रिल सात तारिखदेखि सहयोग वितरण समेत सुरु भइसकेको छ। प्राविधिक संघका अध्यक्ष बिएन तिवारीले जानकारी दिएको बलिउड हंगामा जनाइएको छ। आउँदो मंगलबार सलमानले दोस्रो चरणमा पैसा पठाउने छन्। त्यसो हुँदा थप मजदूरलाई राहत मिल्ने तिवारीको भनाइ छ।

सलमानका साथी समेत रहेका राजनीतिकर्मी बाबा सिद्दिकीले ट्वीटरमा ट्रकमा लोड गरिएका राहतको फोटो सार्वजनिक गरेका छन्।

लेखेका छन्,'मजदूरको पीडा बुझेकोमा धन्यवाद सलमान।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell