PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

लकडाउनमा जसले सात दिनसम्म १५ सय किलोमिटर साइकल चलाए



पहिलोपोस्ट

लकडाउनमा जसले सात दिनसम्म १५ सय किलोमिटर साइकल चलाए
Photo: bbchindi.com

कोरोना जोखिम न्यूनीकरणका लागि धेरै देशहरु अहिले लकडाउनमा छन्। छिमेकी भारत तीन साताको लकडाउनमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अवधि बढाउने प्रस्ताव गरिसकेका छन्। औपचारिक रुपमा समय थप भने भइसकेको छैन।

लकडाउन भए पनि विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरु सुरक्षित स्थान तथा अन्य वाध्यताका कारण आवागमन गरिरहेका छन्। कोही पैदलै यात्रा गरिरहँदा उडिसाका महेश जेन सात दिनमा करिब १५ सय किलोमिटर साइकल चलाएर आफ्नो गाउँ पुगेका छन्। उनी लकडाउनकै कारण महाराष्ट्रबाट साइकल चलाएर गाउँ पुगे। महेशको यो कुनै एड्भेन्चर टुर थिएन। वाध्यता थियो।

उडिसाको जाजपुर जिल्ला बरसुर गाउँका २० वर्षीय महेश आठ महिनादेखि महाराष्ट्रको सांगली मिराजमा पानी पम्प कम्पनीमा    कार्यरत थिए। मार्च अन्तिम साताबाट भारतमा लकडाउनको घोषणा भएसँगै मालिकले चार महिनाका लागि कम्पनी बन्दको घोषणा गरे। त्यहीबेला महेशले गाउँ फर्किनु विकल्प माने। किनकि त्यहाँ खानाको अभाव हुन सक्थ्यो।

हाल जाजरपुर जिल्लाको एउटा स्कुलमा अस्थायी क्वारेन्टाइन शिविरमा महेश बसिरहेको बीबीसीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell