PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

प्रशासनको निर्देशन, ‘राहत वितरण गर्दा तीन जनामात्र उपस्थित होऊ’



रासस

प्रशासनको निर्देशन, ‘राहत वितरण गर्दा तीन जनामात्र उपस्थित होऊ’
फाइल फोटो

  • केदार मगर-

खोटाङः जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ। ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो।

स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

“हरेक स्थानीय तहमा राहत तथा सहयोग वितरण गर्नेक्रममा भीडभाड हुने गरेको देखिएको छ”, उनले भने, “भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले आगामी दिनमा भीडभाड कम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको हो।”

दैनिक ज्यालादारी काम गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ। लकडाउनको मारमा परेका व्यक्तिलाई प्रदान गरिने राहत वितरणको नाममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कुनै चाडपर्व मनाएझै भेला हुने गरेका छन्। यतिसम्म कि कतिपय स्थानीय तहका जनप्रतिनिधि तस्वीर खिचाउँनकै लागि भेला हुने गरेका छन्। जिल्लामा लक्षित वर्गलाई वितरण राहत सामग्रीभन्दा जनप्रतिनिधि बोक्ने गाडीको लस्कर बढी हुने गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell