PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

दक्षिण कोरियामा ठीक भइसकेका ९१ जनामा फेरि देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

दक्षिण कोरियामा ठीक भइसकेका ९१ जनामा फेरि देखियो कोरोना संक्रमण
PHOTO: Yonhap/EPA

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ९१ जनामा पुन संक्रमण देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले ठीक भएर फर्किएका ९१ जनाको कोरोना टेस्ट पोजेटिभ देखिएको बताएका छन्।

कोरिया सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार उनीहरु कसरी दोस्रोपटक संक्रमति भए भन्ने स्पष्ट रुपमा खुलेको छैन।

सेन्टरका निर्देशक जिओङ्ग उन केओङ्गले पत्रकार सम्मेलनमा भाइरस फेरि सक्रिय भएको हुनसक्ने अनुमान गरेका छन्। अन्य जानकारहरुले भने उनीहरुको परीक्षण नै राम्रोसँग नभएको जिकिर गरेका छन्।

विश्व स्वास्थ्य संगठनले पनि यी केसहरुबारे अध्ययन सुरु गरेको द गार्जियनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell