
विश्वव्यापी माहामारी कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या इटालीमाभन्दा माथि पुगेको छ। जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा हालसम्म बीस हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाए। यो संख्या हालसम्म अन्य देशहरुको भन्दा सबैभन्दा धेरै हो।
२४ घण्टामा दुई हजार मानिसको मृत्यु हुनेमा पनि अमेरिका पहिलो राष्ट्र हो। जसमध्य प्राय न्यूयोर्कका हुन्। संक्रमण देखिएका कुल पाँच लाख बीस हजारमध्य एक लाख ८० हजार संक्रमित न्यूयोर्कका हुन्।
त्यहाँका गभर्नर एन्ड्र्यु कुमोका अनुसार शनिबार भने मृत्यु हुनेको संख्या केही स्थिर रहेको छ। किनकि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७ सय ८३ मात्र रह्यो। एड्र्युका अनुसार केही दिन यता उक्त संख्यामा धेरै अन्तर देखिएको छैन।
'मृत्युदर स्थिर त रहेको छ तर यो निकै डर लाग्दो संख्या हो। यसले हामीलाई ठूलो आघात पुर्याएको छ', उनले बीबीसीसँग भनेका छन्।