PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

लकडाउनको २० औं दिन : सडकमा निस्किएका १३ सय जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

लकडाउनको २० औं दिन : सडकमा निस्किएका १३ सय जना प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रहरीले एकाबिहानै काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १३ सय ६६ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

आइतवार बिहान ८ बजेसम्म ३ सय ३८ जना महिला र १ हजार २८ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणका मानिसलाई सडकमा राखेर लिई ती घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएको हो। लकडाउनमा उल्लंघन गर्नेको सङख्या बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रशासनबाट अनुमति नलिइ तथा अनावश्यक रुपमा सवारी चलाउने सवारी धनि सहित १ सय ६७ वटा सबारी साधान समेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell