PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोना कहर रोक्न इटालीका प्रधानमन्त्रीले बढाए लकडाउन



पहिलोपोस्ट

कोरोना कहर रोक्न इटालीका प्रधानमन्त्रीले बढाए लकडाउन

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले देशमा लकडाउन अवधि मे महिनाको ३ तारिखसम्म बढाएका छन्।

इटाली ९ मार्चदेखि लकडाउनमा छ। पहिला यो लकडाउन ३ अप्रिलसम्म थियो। पछि १३ अप्रिलसम्म बढाइएको थियो। अब यसलाई ३ मे सम्मका लागि बढाइएको हो। इटालीमा लकडाउन प्रभावकारी मानिएको छ।

इटालीमा पछिल्लो २४ घण्टामा ५ सय ७० जनाको मृत्यु भएको छ। यो गएको हप्ताको तुलनामा कम हो। तर, पनि इटाली विश्वमै सबैभन्दा बढी प्रभावित देश हो। यहाँ अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell