
कोभिड-१९ ले संक्रमण फैलिएसँगै आफैलाई उत्परिवर्तित गरिरहेको अध्ययनले देखाएको छ। वैज्ञानिकहरुले यसको उत्पत्ति र भविष्यको सम्भावित प्रवृत्तिको पनि भविष्यवाणी गरेक छन्।
अध्ययनले कोरोना भाइरसको फरक फरक प्रकारसँगै बिरामीको गम्भीरतामा भिन्नतालाई पनि स्थापित गर्न सहयोग गर्ने बताइएको छ।
यसअघि भाइरसको यस प्रकार पानगोलिन र चमेराहरुमा पाइने भाइरसँग नजिक मानिएको थियो जसलाई वैज्ञानिकहरुले 'टाइप ए'को नाम दिएका थिए। जुन अमेरिका र अष्ट्रेलियामा समान देखिएका थिए।
'टाइप ए', 'टाइप बी'मा उत्वरिवर्तित भएको र पछि 'टाइप सी' मा विकसित भएको छ। जुन युरोपमा सर्वाधिक पाइएको स्ट्रेनको रुपमा रहेको छ।
क्याम्ब्रिज युनिभर्सिटीका अनुसन्धानकर्ता पिटर फोर्स्टरले सिजिटिएन युरोपसँग टाइप ए देखि टाइप सीसम्मको यात्राको विषयमा यो अध्ययन भन्दा अगाडि स्पष्ट नभएको बताएका छन्।
'टाइप ए' भाइरसको मुल प्रकार हो जसले मानिसलाई संक्रमित गराएको थियो। र, यो उत्परिवर्तित र परिवर्तित हुँदै टाइप बी बन्यो। वुहानमा रोग स्पष्ट भएसँगै यही टाइप बी नै पहिलो जिनोम हो,' उनले भनेका छन्, 'त्यसैले अनुसन्धानकर्ताहरुले नै टाइप बीलाई मुल प्रकारको रुपमा लिएका हुन्। तर, वास्तवमा यसो होइन। यो टाइप ए हो जुन अल्पसंख्यक प्रकार हो। तर, आउटब्रेकसँगै टाइप बी बहुसंख्यक टाइपको रुपमा अगाडि आयो। र, जुन टाइप सीमा उत्परिवर्तित भयो।'
वैज्ञानिकहरुले टाइप बी पूर्वी एसियामा अत्याधिक रुपमा पाइएको बताएका छन्। यस क्षेत्र भन्दा बाहिरका मानिसहरुमा यस्तै प्रकारको प्रतिरोध शक्ति छ या छैन भन्ने प्रश्न अगाडि ल्याएको छ।
देश अनुसार अध्ययन पनि फरकफरक भएको भन्दै फोस्टरले यस विषयमा भन्न सहज नभएको बताएका छन्।
'हामीसँग युकेका प्रयोगशालामा अनुक्रम गरिएका ४० वटा जेनोम छन्। यो ठूलो उपलब्धि त नहोला तर नहुनु भन्दा यही उत्तम। इटालीका लागि हामीसँग पाँच वा छ छन्। जर्मनीका लागि पाँच वा छ। नेदरल्याण्डले १०० र अमेरिकामा ३०० छन्।'
युकेमा युनिभर्सिटी अफ क्याम्ब्रिज, युनिभर्सिटी अफ केल, जर्मन इन्स्टिच्यूट अफ फरेन्सिक जेनेटिक एण्ड फ्लक्सस टेक्नोलोजी र लेकसाइट हेल्थ केयरको अध्ययनले कोरोना भाइरसको विश्वव्यापी यात्राको नक्सा बनाउन सकिन्छ। यो रिर्सच प्रोसिडिङ्स अफ दी नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको छ। अनुसन्धानकर्ताहरुले भाइरसको रुटसम्म ट्रेस गर्न नसकेको बताएका छन्।
पियर रिभ्यु नभइसकेको यस अनुसन्धन रिपोर्टमा अनुसन्धानकर्ताहरुले भाइरसको मानिसमा पहिलो संक्रमण सेप्टेम्बर मध्यदेखि डिसेम्बर सुरुवातसम्म भएको निष्कर्ष निकालेको छ।