PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नेपालमा १२ जना पुगे कोरोना संक्रमित



पहिलोपोस्ट

नेपालमा १२ जना पुगे कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। औपचारिक रुपमा स्वास्थ्य मन्त्रालयले ३ जनामा कोरोना देखिएको अपडेट गराएको छ। यससँगै नेपालमा कोभिड १९ पोजेटिभ हुनेको संख्या १२ पुगेको छ।

वीरगंजको छपकैयामा रहेको एक मस्जिदमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितहरुको उमेर ३७, ४४ र ५५ वर्षका पुरुष छन्।

उनीहरुलाई नारायणी अस्पताल, वीरगंजमा आइसोलेसनमा राखिएको छ। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडाको ल्याबमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो| उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिबार पुन: परीक्षण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell