PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

अब प्रदेश २ पनि रहेन संक्रमणबाट अछुतो, संक्रमित तराईका धेरै जिल्ला डुलेकाले त्रास अधिक



राधेश्याम पटेल

अब प्रदेश २ पनि रहेन संक्रमणबाट अछुतो, संक्रमित तराईका धेरै जिल्ला डुलेकाले त्रास अधिक

वीरगंज : तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि वीरगंजमात्र होइन सिंगो प्रदेशमा नै त्रास बढेको छ। कोभिड १९ पोजेटिभ देखिएका तीनैजना तराईका विभिन्न जिल्ला घुमेकाले संक्रमण फैलने सम्भावना देखिएको छ।

यससँगै कोरोना भाइरसको संक्रमण हुने प्रदेशमा दुई नम्बर पनि दर्ता भएको छ। यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा मात्र कोरोना संक्रमित फेला परेका थिए।

सबैभन्दा पहिलो र दोस्रो संक्रमण काठमाडौंमा देखिएको थियो। तेस्रो संक्रमण धादिङका एक व्यक्तिमा देखियो। पहिलो संक्रमित ठीक भएर फिर्ता भइसके भने बाँकी दुई जनाको काठमाडौंमा नै उपचार भइरहेको छ।

वाग्लुङमा दुई जनामा संक्रमण देखिएको छ अहिलेसम्म। बाँकी संक्रमित सुदूर पश्चिममा रहेका छन्। धनगढीमा विदेशबाट आएका आफन्तबाट परिवारमा पनि संक्रमण सरेको देखिएको छ। त्यहाँ भारतबाट आएका दुई नेपालीमा पनि संक्रमण देखिएको हो।

वीरगंजमा कोभिड १९ संक्रमण पुष्टि भएसँगै अब प्रदेश नम्बर १, ५ र कर्णाली प्रदेशबाहेक चारवटै प्रदेशमा कोरोना संक्रमित पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयले उनीहरुको संसर्ग र उनीहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसि गर्ने कार्यहरू भइरहेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell