PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

फराह खानकी छोरीले चित्रमार्फत् साटेको यस्तो खुशी



पहिलोपोस्ट

फराह खानकी छोरीले चित्रमार्फत् साटेको यस्तो खुशी

बलिउडकर्मी फराह खानले इन्स्टाग्राममा एक भिडियो सेयर गरिन्। त्यसमा उनकी छोरी आन्याले चित्र कोरिरहेकी छिन्। भिडियोको क्याप्सनमा फराहले लेखेकी छिन्,'यी चित्रहरु सडकमा छाडिएका जनावरहरुका लागि रकम जम्मा गर्न बनाइएको हो।'

उनले जनावरकै चित्रह कोरेकी छिन्। ती चित्रहरु बेचेरै आन्याले सत्तरी हजार रुपैयाँ जम्मा गरेको समेत बताइएकी छिन्। लेखेकी छन्,'धन्यवाद दयालु मनहरु।'

फराहको उक्त पोस्टमा धन्यवादको वर्षा भएको छ। टेनिस खेलाडी सानीया मिर्जाले मुटु र मायाको संकेत दिएको छिन्। त्यस्तै निर्देशक जोया अख्तरले आन्‍यालाई 'रकस्टार' भनेकी छिन्।

बलिउड स्टारदेखि आम मानिसको प्रतिक्रिया पोस्टमा छन्।

फराहले त्यसअघि पनि विभिन्न चित्रहरु सेयर गर्दै आएकी थिइन्। ती चित्रहरुको मोल समेत तोकेकी थिइन्। उनकी १२ वर्षीया छोरीको चित्रहरुको 'एड्भान्स अर्डर' समेत भएका छन्। उक्त चित्रहरु बेचेर जम्मा भएको रकमले सडकका कुकुर तथा अन्य जनावरलाई खाना खुवाउने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell