PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

तीन जनामा संक्रमण देखिएपछि काठमाडौं र जनकपुरबाट चिकित्सकहरुको टोली वीरगंजतिर



राधेश्याम पटेल

तीन जनामा संक्रमण देखिएपछि काठमाडौं र जनकपुरबाट चिकित्सकहरुको टोली वीरगंजतिर

वीरगंज : नारायणी अस्पतालमा आइसोलेसन वार्डमा उपचाररत् तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय, प्रदेश र केन्द्र सरकार तातेको छ।

यसै सन्दर्भमा स्थानीय रुपमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने काठमाडौं र जनकपुरबाट विशेषज्ञ र चिकित्सकहरुको टोली वीरगंज आइरहेको नारायणी अस्पतालले जनाएको छ। नारायणी अस्पतालमा राखिएका कोरोना रोगीहरुको उपचारमा लापर्बाही नहोस् र त्यसबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमा नकारात्मक असर नपरोस् भन्नका लागि चिकित्सकहरु आउन लागेका हुन्।

वीरगंजमा कोभिड १९ संक्रमितको घटना सुक्ष्म ढंगले अध्ययन गर्न स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र प्रदेश २ सरकारको जनकपुरमा रहेका विशेषज्ञको टोली वीरगंज आउन लागेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए। उनका अनुसार आइतवार साँझ टोली आइसकेपछि भोलिका दिनमा कसरी उच्च सतर्कता अपनाउने विषयमा जानकारी गराउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell