PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

'कालो चिया बनाउन सिकेको हो, कालो बम होइन' : रीमा विश्वकर्मा



पहिलोपोस्ट

'कालो चिया बनाउन सिकेको हो, कालो बम होइन' : रीमा विश्वकर्मा

काठमाडौं : पछिल्लो समय रीमा विश्वकर्मा चर्चामा रहिन्। कारण 'लकडाउनमा कालो चिया बनाउन सिकें' भन्ने खुलासाका कारण। उनले आफ्नो लकडाउनको फूर्सदिलो समय कटाउन फेसबुक लाइभ आएकी थिइन्। त्यहाँ उनले आफूले कालो चिया बनाउन सिकेको र अब साग पकाउन सिक्ने जनाएकी थिइन्।

उक्त लाइभ भिडियोमा बोलेको विषयकै कारण उनी ट्रोल बनिन्। समाचारको हेडलाइन बनिन्। प्रतिक्रिया नजनाएकी उनले फेसबुकमा पोस्ट लेखिन् : 'होइन लकडाउनमा साँच्चै नै साथीहरूलाई समाचार र मनेरञ्जनको खडेरी परेकै हो त? मेरो चिया भन्दा कालो त साथीहरूको मन र मति देख्दैछु।' उनले उक्त पोस्टमा सबैलाई स्वास्थ्य लाभको कामना समेत गरेकी छिन्।

तर, लकडाउनका कारण सामाजिक सञ्जालमा सक्रिय रहेकाहरुलाई कसले रोक्नु? 'कालो चिया'लाई ट्रेन्ड नै बनाए। फोटोको क्याप्सनदेखि स्टाटस अपडेटसम्मै। रीमाले पनि ती मिम र व्यङ्ग्यहरुलाई जवाफ दिँदै पुन: लेखिन् : 'मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन। कृपया यसलाई बम नबनाउनु होला।'

रीमाको पोस्टमा कमेडियन मनोज गजुरेलले व्यङ्ग्यात्म प्रश्न गरेका छन्- यो कालो चियाको इपिसेन्टर कहाँ रहेछ? लिंक पाउँ न। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell