PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

५ हजार १ सय जनाको कोरोना परीक्षण : थप तीनमा संक्रमण, एकैदिन १७ जना रेड जोनमा



पहिलोपोस्ट

५ हजार १ सय जनाको कोरोना परीक्षण : थप तीनमा संक्रमण, एकैदिन १७ जना रेड जोनमा

काठमाडौं : आइतवारसम्म१२ कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। आइतवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। 

पछिल्लो समय संक्रमण देखिएका तीन जना भारतीय नागरिक हुन्। तीन जना संक्रमितहरु ३७,४४ र ५५ वर्षको उमेर रहेका छन्। एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका वासिन्दा रहेको खुलेको छ।

अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा ७ सय ९५ जना जनाको परीक्षण गरिएको हो। त्यस्तै विभिन्न जिल्लामा अहिलेसम्म र्‍यापिड किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १५ जना र उपत्यका बाहिर ७० जना गरेर ८५ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

उनका अनुसार १५ हजार ७० जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन्। अहिलेसम्म २ सय ६ जना रेड जोनमा छन्। उनीहरुसँग मन्त्रालयले फोन मार्फत् कोरोना संक्रमणबारे जानकारी लिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell