PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रमुख सेनानी रिदेश विष्टको शव काठमाडौं ल्याइयो, श्री एयरलाइन्सको जेट सुडान पुगेर फर्कियो



पहिलोपोस्ट

प्रमुख सेनानी रिदेश विष्टको शव काठमाडौं ल्याइयो, श्री एयरलाइन्सको जेट सुडान पुगेर फर्कियो

काठमाडौं : नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव नेपाल ल्याइएको छ। शान्ति सेनामा सुडानमा रहेका विष्टको २६ मार्चमा हृदयघातका कारण निधन भएको थियो।

नेपाली सेनाले चार्टर गरेको श्री एयरलाइन्सको जेट इन्जिन जहाजबाट आइतबार उनको शव काठमाडौं उतारिएको हो।

‘युएनले हामीलाई आफ्नो कर्मचारी ल्याउनका लागि सकभर होम कन्ट्रीकै विमान चार्टर गर्न अनुरोध गरेको हुन्छ,' नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, 'हामीले युएन मिसनको अनुरोधलाई मध्यनजर गर्दै शनिबार श्री एयरलाइन्सको जहाज चार्टर गरेका हौं। आज बिहान यो चार्टर उडान नेपाल अवतरण भइसकेको छ।’

सिआरजे-७०० मार्फत् गरिएको यो चार्टर उडान नेपाल-ओमन हुँदै सुडानको खार्तोम विमानस्थलमा पुगेको थियो। जाँदा र आउँदा इन्धन भर्न ओमनको मस्कटमा अवतरण गरिएको थियो।

एक लाख १० हजार डलरमा गरिएको यो चार्टर उडानको खर्च युएन मिसनले नै व्यवहोर्ने प्रवक्ता पाण्डेले जानकारी दिए।

शनिवार विहान ७:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नाइन एन-एएमबी कलसाइनको जहाज सुडानबाट फिरेर आइतबार बिहान ८:१५ बजे काठमाडौं अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell