PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

 कोरोना राहत कोषमा राखेपको ३२ लाख



पहिलोपोस्ट

 कोरोना राहत कोषमा राखेपको ३२ लाख

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ। लकडाउन र कोरोनाको सङ्क्रमण चलिरहँदा राखेपले कोरोना राहत कोषमा उक्त रकम जम्मा गरेको हो।

यसका लागि राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन्। नेपाल सरकारको निर्णय अनुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell