PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

दिल्लीमा भूकम्पको धक्का



पहिलोपोस्ट

दिल्लीमा भूकम्पको धक्का

भारतको नयाँदिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार साझ ५ बजेर ४५ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको भारतको मौसम विज्ञान विभागले जनाएको छ। भूकम्पको केन्द्रविन्दु दिल्लीको उत्तरपूर्वी क्षेत्र रहेको छ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्सका डिजी सत्यनारायण प्रधानले ट्वीटरमार्फत भूकम्पको धक्काको विस्तृत विवरण उल्लेख गरेका छन्।

लकडाउनका कारण घरमा बसिरहेका नागरिकले धक्का सहजै महसुस गरेका छन्। दिल्ली, नोएडा, गाजियाबादमा धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell