PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

बाग्लुङमा एक महिलामा देखियो कोरोनासँग मिल्दो लक्षण, भारतको धार्मिक सभामा सहभागी भएर फर्किएकी थिइन्



कमलराज भट्ट

बाग्लुङमा एक महिलामा देखियो कोरोनासँग मिल्दो लक्षण, भारतको धार्मिक सभामा सहभागी भएर फर्किएकी थिइन्

काठमाडौं : बाग्लुङमा भारतबाट आएकी एक महिलामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ।

बाग्लुङको काठेखोला गाउँपालिकामा आइतवार स्वास्थ्यकर्मीले र्‍यापिड कीट टेस्ट गर्दा अन्दाजी ५५/६० वर्षीय ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए। 'र्‍यापिड टेस्टमा अलि कन्फ्यूजनजस्तो आएपछि हामीले स्बाव परीक्षणका लागि जिल्लाको टिमलाई मगाएका छौं,' उनले टेलिफोनमा भने, 'उहाँलाई अहिले गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने व्वस्था गरिँदैछ। पोजेटिभ नै हो भनेर डिक्लेरेसन भएको होइन।'

काठेखोलामा आज ५७ वटा र्‍यापिड टेस्ट गरिएको अध्यक्ष थापाले बताए। 'हामीले विशुद्ध विदेशबाट आएका र हामीलाई आशंका लागेकाहरु टेस्ट गरेका थियौं। उहाँ (महिला) भारतको गयामा धार्मिक कार्यक्रममा जानुभएको रहेछ। उहाँ गएको २०/२१ दिन भएको रहेछ।'

गाउँपालिका अध्यक्ष थापाले थपे, 'उहाँको परिवारका कुनै पनि सदस्यमा भने पोजेटिभ देखिएन। नेगेटिभ देखिएको छ। उहाँको कन्फ्युजन जस्तो लाग्यो भन्ने निष्कर्ष हाम्रो स्वास्थ्यकर्मी टिमको रह्यो। त्यहीँ भएर जिल्ला जनस्वास्थ्यको टिमलाई ल्याएर स्बाव टेस्ट गराउँछौं। टिम आउँदैछ। उहाँलाई हाम्रो क्वारेन्टाइनमा राख्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell