PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लकडाउनले रोकेको परम्परा, बालबालिकाले बाँस ठड्याउँदै बिस्का जात्रालाई यसरी दिए निरन्तरता

लकडाउनले रोकेको परम्परा, बालबालिकाले बाँस ठड्याउँदै बिस्का जात्रालाई यसरी दिए निरन्तरता

अमित मचामसी/पहिलोपोस्ट


आज विसं २०७६ को अन्तिम दिन। कोरोना भाइरसको कहरले देश लकडाउनमा छ। हरेक नयाँ वर्षको एक दिन अगाडी भक्तपुरमा मानिसहरुको ठेलमठेल हुन्थ्यो।

बिस्का जात्रामा रमाउँदै उनीहरु य:सिं ठ्डयाउथे। तर यसपटक लकडाउनका कारण बिस्का जात्रा नै रोकियो। सँगै रोकिएको य: सिं ठ्डाउने परम्परा।

यद्यपि, बालबालिकाहरुलाई लकडाउनले रोकेन। दिउँसो केही बालबालिका य: सिं ठड्याउने स्थानमा भेला भए र बाँसलाई य: सिं बनाएर ठड्याए।

लकडाउनसँगै भक्तपुरवासीहरु आज घरभित्र नित्य पूजा गरेर बिस्का मनाए।



ट्रेन्डिङ पोस्ट

Ncell