PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नयाँ वर्षको पहिलो दिन : लकडाउन उल्लङघन गर्ने १७ सय मानिस समातिए



पहिलोपोस्ट

नयाँ वर्षको पहिलो दिन : लकडाउन उल्लङघन गर्ने १७ सय मानिस समातिए

काठमाडौं : नयाँ वर्षको पहिलो दिन। लकडाउनको कारण मानिस घरभित्र नै नयाँ वर्ष मनाइरहेका छन्। तर उपत्यकाबाट लकडाउन उल्लङघन गर्ने १ हजार ७ सय १३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लडकाउनको अवधि थपिएपछि बढ्दै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट  ४ सय ४५ महिला र १२ सय ६८ पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले २२ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell