PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बेलायतमा कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु, स्वास्थ्य सचिवले भने : परिस्थितिसँग लड्नेहरुको कथा बिर्सने छैनौं



पहिलोपोस्ट

बेलायतमा कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु, स्वास्थ्य सचिवले भने : परिस्थितिसँग लड्नेहरुको कथा बिर्सने छैनौं

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण थप ७ सय ३७  जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ। यो संख्या अस्पतालहरुमै ज्यान गुमाएकाहरुको मात्र हो। अस्पताल बाहिर बितेकाहरु समेत गर्दा मृतकको संख्या थप धेरै हुने आइतबारको प्रेस ब्रिफिङमा बताइयो।

एक सरकारी सल्लाहकारले बेलायत युरोपेली देशहरुमध्ये सबैभन्दा बढी संक्रमित हुनसक्ने चेतावनी दिए लगत्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीमा जनाइएको छ

जानकारी सार्वजनिक गर्दै त्यहाँको स्वास्थ्य सचिव म्याट ह्यान्ककले भने,'यो निकै कालो दिन हो। किनकि आज कोरोना संक्रमणका कारण दश हजारभन्दा बढीले ज्यान गुमाउने देशको सूचीमा परेका छौं। तर मानिसले घरभित्रै रहेर सरकारलाई पुर्‍याएको सहयोग स्वागतयोग्य छ।'

उनले संक्रमणकै कारण ज्यान गुमाउनेहरुको परिवारप्रति समवेदना व्यक्त गरे। साथै परिवारको पीडा आफ्नो पनि पीडा भएको जनाउँदै भने,'यस्तो परिस्थितिसँग लड्दालड्दै बितेकाहरुको कथा बिर्सने छैनौं।'

बेलायतको जनस्वास्थ्य निर्देशक भोने डोयलका अनुसार अस्पतालमा मृत्यु हुनेको संख्या बढेको भने छैन। स्थिर छ। उनले कोरोना भाइरसलाई चुनौती दिँदै घरभित्र बस्ने आम मानिसलाई धन्यवाद व्यक्त समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell