PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

मध्यरातमा बाबुरामको ट्विट : २०७७ साल महाउथलपुथलकारी हुन सक्छ!



पहिलोपोस्ट

मध्यरातमा बाबुरामको ट्विट : २०७७ साल महाउथलपुथलकारी हुन सक्छ!
फाइल फोटो।

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले २०७७ साल महाउथलपुथलकारी हुनसक्ने बताएका छन्। सात अंक जोडिएका हरेक वर्ष नेपालमा उथलपुथलकारी भएको भट्टराईको तर्क छ।

भट्टराईले राति १२ बजेर २० मिनेटमा ट्विट गर्दै कोरोनाले विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको टिप्पणी गरेका छन्। कोरोनाले नेपालका कम्युनिस्टको पुँजीवादी रुप उदाङ्ग भएको उल्लेख गरेका छन्।

‘नेपालमा कम्युनिस्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदाङ्गो पारेको छ,’ भट्टराईले ट्विटमा लेखेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell