काठमाडौँ: नयाँ वर्ष २०७७ को अवसरमा ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले सबैतिर 'राष्ट्रिय गान गुन्जाउँ र बजाउँ' कार्यक्रम आयोजना गर्यो। एक सस्थाले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन सबैलाई आह्वान गरे।
आइतवार प्रम ओलीले ट्वीटरमा उक्त संस्थाको ब्यानर राख्दै भनेका छन्, 'राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।" भनेका थिए।
कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने उल्लेख गरिएको थियो। फ्रन्टलाइनमा कोरोनाविरुद्ध काम गर्नेको हौसला बढाउन रास्ट्रिय गान गाउने र धुन बजाउने कार्यक्रम थियो।
तर सोमबार बिहान भने सर्वसाधरणले भने खासै सहभागी भएको देखिएन। तर सडकमा खटिएका सुरक्षाकर्मीले भने राष्ट्रिय गान गाएका थिए। यस्तै दृश्य महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि देखियो। महाशाखाको कार्यालयमा लाइनबद्ध भएर उनीहरुले हातमा नेपालको झन्डा लिएर राष्ट्रिय गान गाएका थिए। ४४ वटा ट्राफिक कार्यालयमा राष्ट्रिय गान गाइएको थियो।
केही सरकारी कार्यालय, कर्मचारीले भने प्रधानमन्त्रीको आह्वानमा साथ दिएका थिए। प्रत्रकार महासंघमा पनि राष्ट्रिय गीत गाइएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ का दिन साँझ ९ बजे सबै भारतीयलाई दीप प्रज्वलन गर्न अनुरोध गरे। नेपालमा पनि यसको असर पर्यो। नेपाली जनताले सात बजेर दीप प्रज्वलन गरिएको थियो।