PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नेकपा प्रवक्ताको घोषणा : एक वर्षको तलबमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्नलाई राहत



पहिलोपोस्ट

नेकपा प्रवक्ताको घोषणा : एक वर्षको तलबमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्नलाई राहत
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहतमा दिने घोषणा गरेका छन्।

उनले राष्ट्रिय सभाको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन। संकटका बेला एकताबद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेको उनको ट्विटमा उल्लेख छ।

‘यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्यकेजका लागि दिने घोषणा गर्दछु,’ उनले ट्विटमा भनेका छन्।

 

उनको ट्विटमा खर्चको व्यवस्थापन कसरी हुन्छ भन्ने एक कमेन्टमा प्रतिकृया दिँदै आफू घुस र भष्ट्राचारको शत्रु भएको बताएका छन्।

‘यसअघि वर्षौं सांसद नहुँदा जसरी नै। घरभाडा, गाडी र तेल खर्च पूर्वपार्टीले दिँदै आएको थियो। खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले। घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु,’ उनले प्रतिकृया दिँदै भने।

 

उनले अर्को एक कमेन्टको प्रतिकृयामा लेखेकमा छन्, ‘सांसद नभएको यस अघिको ९ बर्षको अवधिमा पनि खाएकै थिएँ, बाँचेकै थिएँ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell