PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा



पहिलोपोस्ट

इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै पहिलोपटक अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरेका छन्।

ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई थप प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन्। यो लकडाउनकै स्वरुप हो। अब मानिसहरु बाहिर हिँडडुल गर्न पाउने छैनन्।

ट्रम्पले आफूहरु अहिले एउटा अदृश्य शत्रुसँग युद्ध गरिरहेको बताउँदै ट्वीटरमा भनेका छन्, 'हामी जितिरहेका छौं र जित्नेछौं।'

अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै २२ हजार ७३ जनाको मृत्यु भएको छ भने ५ लाख ५६ हजार ४४ जना संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell